राजनीति

को बन्ला बागमतीको चौथो मुख्यमन्त्री : यी हुन् कांग्रेस, एमाले र माओवादीका ६ मुख्य दाबेदार (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ कार्तिक ३ गते ७:४९
को बन्ला बागमतीको चौथो मुख्यमन्त्री : यी हुन् कांग्रेस, एमाले र माओवादीका ६ मुख्य दाबेदार (भिडियो रिपोर्टसहित)

२ कात्तिक २०७९ काठमाडौं । मुलुक संघीयतामा गएसँगै बनेको संरचनामा पहिलो महिला मुख्यमन्त्री पाएको बागमती प्रदेशमा यो पटक महिला दाबेदार भने देखिएका छैनन् ।

संघीय राजधानी समेत रहेको यो प्रदेशमा एमाले र कांग्रेसबीच मुख्य प्रतिस्पर्धा देखिन्छ । को को छन् त बागमती प्रदेशमा मुख्यमन्त्रीका आकांक्षी ?

को बन्ला बागमतीको मुख्यमन्त्री ?
बागमती प्रदेशको भावी मुख्यमन्त्रीबारे चर्चा गर्नुअघि अघिल्लो चुनावको परिणाम हेरौं । संघीय राजधानीसमेत रहेको यो प्रदेशमा प्रत्यक्षतर्फ ६६ सिट छन् । यस्तै समानुपातिकबाट ४४ जना छानिनेछन् । जम्मा १ सय १० सदस्यीय प्रदेशसभाले आगामी निर्वाचनपछि चौथो मुख्यमन्त्री चयन गर्नेछ ।

पाँच वर्षमा तीन मुख्यमन्त्री
अघिल्लो संसदमा बहुमत प्राप्त एमालेबाट पहिलो मुख्यमन्त्रीका रुपमा डोरमणि पौडेल र दोस्रो मुख्यमन्त्रीका रुपमा अष्टलक्ष्मी शाक्यले काम गरिसक्नुभएको छ । यस्तै एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे हाल मुख्यमन्त्री हुनुहुन्छ । सहमति अनुसान यो कार्यकालको अन्तिममा कांग्रेसका इन्द्र बानियाँलाई मुख्यमन्त्री बनाउने तयारी भए पनि सत्ता गठबन्धनमा खटपट आउने देखिएसँगै बानियाँले पद पाउन सक्नुभएन ।

अघिल्लो संसदमा १६ समानुपातिकसहित एमालेले ५८ सिट जितेको थियो । कांग्रेसले १४ समानुपातिकसहित २१, माओवादीले ८ समानुपातिकसहित २३ र विवेकशील साझा पार्टीले ३, नेमकिपाले २, राप्रपा, नयाँ शक्ति र राप्रपा ९प्रजातान्त्रिक० ले १र१ सिट जितेका थिए । मंसिर ४ पछि चौथो मुख्यमन्त्रीका लागि अहिलेसम्म एमालेबाट तीन, कांग्रेसबाट दुई र माओवादीबाट एक जनाले आकांक्षा देखाएका छन् ।

एमालेबाट को छन् दाबेदार ?
अघिल्लो पटक ५८ सिट सहित एकल बहुमत प्राप्त गरेको एमालेबाट दुई मुख्यमन्त्री बने । अघिल्लो चुनावमा वाम गठबन्धनका कारण एमालेलाई जति सहज थियो, सत्ता गठबन्धनका कारण यसपटक त्यति नै चुनौतीपूर्ण छ। यसपटक एमालेबाट तीन जना नेताले मुख्यमन्त्रीको आकांक्षा देखाएका छन् ।

केशवराज पाण्डे
एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष पाण्डे एमालेबाट मुख्यमन्त्रीका प्रवल दाबेदार हुनुहुन्छ । अघिल्लो पटक पौडेल र शाक्य सरकारमा पाण्डे भौतिक पूर्वाधार र आन्तरिक मामिला मन्त्री भइसक्नुभएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिने पाण्डे नुवाकोट क्षेत्र नम्वर २ को १ बाट उम्मेदवार बन्नुभएको छ ।

सानुकुमार श्रेष्ठ
काठमाडौंका पुराना एमाले नेता श्रेष्ठ बागमती प्रदेशका निवर्तमान सभामुख पनि हुनुहुन्छ । काठमाडौं क्षेत्र नम्वर २ को एकबाट उम्मेदवार हुनुभएका श्रेष्ठ मुख्यमन्त्रीका मुख्य दाबेदारका रुपमा देखिनुभएको छ । उहाँले आफुलाइ भावी मुख्यमन्त्रीका रुपमा प्रचार गरिरहनुभएको छ ।

रामेश्वर फुयाँल
संविधानसभा सदस्यसमेत भइसकेका फुयाँल बागमती प्रदेशमा एमालेका सिनियर नेता मध्येमा पर्नुहुन्छ । पौडेल सरकारमा तत्कालीन भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई बर्खास्त गरिएपछि फुयाँल मन्त्री बन्नुभएको थियो । संघमा चुनाव लड्न खोजेका फुयाँललाई मुख्यमन्त्रीको आश्वासनसहित प्रदेशमा उठाइएको एमालेमा चर्चा छ ।

कांग्रेसबाट बानियाँ-लामाको दाबी
इन्द्र बानियाँस् सहमति कार्यान्वयन हुन नसक्दा कांग्रेस संसदीय दलका नेता बानियाँ मुख्यमन्त्री हुनबाट रोकिनु भयो । यही कार्यकालमा मुख्यमन्त्री बन्न एकीकृत समाजवादीका राजेन्द्र पाण्डेविरुद्ध हस्ताक्षर अभियान नै चलाइएको थियो । तर गठबन्धनमा गडबडी हुने भन्दै बानियाँलाई सभापति शेरबहादुर देउवाले थप कदम चाल्न रोक्नुभएको थियो । मकवानपुर २ को प्रदेशसभा(२ मा बानियाँ उम्मेदवार बन्नुभएको छ । बागमती प्रदेश समिति सभापति बानियाँलाई कांग्रेसबाट मुख्य दाबेदार मानिएको छ ।

बहादुरसिंह लामा
कांग्रेस केन्द्रीय सदस्य एवं निवर्तमान सांसद बहादुरसिंह लामा यसपटक बागमती प्रदेशसभा सदस्यमा उम्मेदवार बन्नुभएको छ । नुवाकोट २ को प्रदेशसभा २ मा उम्मेदवार बन्नुभएका लामा कांग्रेसमा जनजातितर्फ सिनसयर नेता मानिनुहुन्छ । सभापति शेरबहादुर देउवा निकट लामाले अन्तिममा केन्द्रको टिकट अर्जुननरसिंह केसीलाई छाडेर प्रदेशमा उठ्नुभएको हो । उहाँलाई पार्टी सभापति देउवा र प्रवक्ता डा प्रकाशशरण महतले मुख्यमन्त्री बनाउने आश्वासन दिएको चर्चा छ । लामाले पनि आफू पार्टीको लगातार केन्द्रीय सदस्य भइसकेकाले स्वभाविक दाबेदार भएको संकेत गरिसक्नुभएको छ ।

माओवादीमा शालिकरामको एकल दाबी
कुनैबेलाका चर्चित मजदुर नेता शालिकराम जमरकट्टेल माओवादीका उच्च तहका नेता हुनुहुन्छ । पहिलो संविधानसभामा एमालेका राजेन्द्र पाण्डेलाई पराजित गरेका जमकट्टेल गत चुनावमा एमालेको समर्थनमा प्रदेशसभामा निर्वाचित हुनुभएको थियो । पौडेल सरमारका आन्तरिक मामिला मन्त्री भएका जमकट्टेल माओवादीबाट मुख्यमन्त्रीका एकल दाबेदार देखिन्भएको छ । यो पटक सत्ता गठबन्धनबाट उम्मेदवार बनेका जमकट्टेललाई कांग्रेस मनाउनु चाँही चुनौतिपूर्ण हुने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्