Main News

सामाजिक सञ्जालमा बहस : सम्मानको उपाय विदा नै हो वा अरु पनि हुन सक्छ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ कार्तिक २ गते ८:३४
सामाजिक सञ्जालमा बहस : सम्मानको उपाय विदा नै हो वा अरु पनि हुन सक्छ? (भिडियो रिपोर्टसहित)

२ कात्तिक २०७९ काठमाडौं । वर्ष २०७९ मा सरकारले घोषणा गरेको कार्यतालिका अनुसार साप्ताहिकबाहेक ३३ दिन सार्वजनिक बिदा छ । उसै पनि धेरै बिदा भयो भन्दै प्रश्न उठिरहेका बेला सरकारले अन्य बहानामा पनि थप्ने गरेको छ ।

देशका लागि महत्वपूर्ण योगदान गरेका संस्कृतिविद् सत्यमोहन जोशीको निधनमा सार्वजनिक विदा दिएसँगै सम्मानको उपाय विदा नै हो वा अरु पनि हुन सक्छ भन्दै सामाजिक सञ्जालमा बहस भइरहेको छ ।

सरकारले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा मंगलबार सार्वजनिक विदा दियो । एक दिनको विदाले जोशीको सम्मान हुन्छ त ? विदा दिने प्रचलनभन्दा अरु उपायबाट सम्मान गर्न सकिदैन थियो ? सरकारले दिने यस्ता विदाले न नागरिकले राहत पाउँछन नत राज्यलाई नै लाभ हुन्छ । सरकारको घोषित बिदा कति छ त ?

२०७८ सालमा मात्र ५२ दिनको सप्ताह बिदा बाहेक तोकेरै २२ दिन देशै भर बिदा भएको थियो । त्यसबाहेक पनि मन्त्रिपरिषद्को निर्णयबाट शोक तथा अपर्झट बिदा दिँदै आएको छ ।

चैत २६ गते मुस्लिम धर्मावलम्बीको पर्व इद उल फित्रका अवसरमा बिदा
चैत २७ गते रामनवमीका अवसरमा बिदा

२०७९ वैशाखदेखि चैतसम्मको सार्वजनिक बिदा को अवस्था

शनिबार बिदा– ५२ दिन
चाडपर्व बिदा– १६ दिन
दशैं–तिहार बिदा– ११ दिन
दिवस बिदा– ५ दिन
जन्मजयन्ती बिदा– १ दिन

यी बाहेक पनि काठमाडौं उपत्यकामा मात्र चार दिन जात्रा बिदा दिइएको छ । धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि प्रदेश र स्थानीय तहले पनि अलगै बिदा दिने गरेका छन् । यो वर्ष राजपत्रमै प्रकाशित बिदा ३३ दिन रहेको छ ।

यसबाहेक पनि सरकारले गत वैशाख यता दिएको बिदा हेरौं –
२०७९ वैशाख ३० गते– स्थानीय तह निर्वाचनको दिन सार्वजनिक बिदा
२०७९ कात्तिक १ गते संस्कृतिविद् सत्यमोहन जोशीको निधनमा सार्वजनिक बिदा

त्यसबाहेक वैशाख २६ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट जेठ १ गतेदेखि हप्तामा दुई दिन बिदाको निर्णय गर्‍यो । त्यसको चर्को आलोचनापछि जेठ २३ बाट खारेज भयो ।

सरकारमा रहनेले देशका लागि योगदान गरेका व्यक्तिहरुको सम्मान गर्नु राम्रो कुरा हो । तर, उसैपनि धेरै सार्वजनिक बिदा भएको देशमा सम्मानका लागि गरिने थप बिदाले कामकाजी कार्यालयमा सेवाग्राहीको चाप मात्र बढाएको छैन, देशको अर्थतन्त्रमा पनि ठूलै असर पुर्‍याएको छ । अमेरिकामा सन् २०२२ भर १० दिन सार्वजनिक बिदा छ । त्यस्तै बेलायतमा ९ दिन बिदा छ । भारतमा २४ दिन सार्वजनिक बिदा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *