राजनीति

मधेश चुनाव : को बन्ला मुख्यमन्त्री ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ कार्तिक २ गते ८:००
मधेश चुनाव : को बन्ला मुख्यमन्त्री ? (भिडियो रिपोर्टसहित)

२ कात्तिक २०७९ काठमाडौं । कुल एक सय ७ सिट रहेको मधेस प्रदेशका ६४ सिटमा प्रत्यक्ष निर्वाचन हुँदैछ । अघिल्लो पटक जसपा एक्लैले पाँच वर्ष मुख्यमन्त्री चलाएको यो प्रदेशमा राजनीतिक परिवेश फेरिएसँगै नयाँ मुख्यमन्त्रीबारे चर्चा शुरू भएको छ ।

स्थानीय तह चुनावपछि पहिलो शक्ति बनेको कांग्रेस र जनमत बढाएको एमालेसँगै जसपा र लोसपाबीच मुख्य प्रतिस्पर्धा हुने मधेसमा मुख्यमन्त्री नयाँ अनुहार आउने आकलन गरिएको छ।

प्रभु साहको विद्रोहपछि मधेसमा फेरि संकुचनको डरमा रहेको एमालेले भावि मुख्यमन्त्रीबारे मुख खोलिनसके पनि जनता समाजवादी पार्टी जसपा, नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबाट आकांक्षीले मधेसको दोस्रो मुख्यमन्त्रीको प्रचार थालिसकेका छन् । मधेसमा जसपालाई एमालेले छाडेका सबै क्षेत्रमा प्रभु साहले उम्मेदवार उठाएकाले परिणाम उलट पुलट हुन सक्छ ।

अघिल्लो संसदीय अंकगणित हेरौं
प्रत्यक्षबाट ६४ र ४३ जना समानुपातिकबाट सांसद बन्ने मधेस प्रदेशमा एक सय ७ सिटमध्ये तत्कालीन संघीय समाजवादी फोरमले २९ र राष्ट्रिय जनता पार्टीको २५ सिट आएको थियो । एमालेले २१, कांग्रेसले १९, माओवादीले ११, नेपाल संघीय समाजवादी पार्टी र स्वतन्त्रले १र१ सिट जितेका थिए ।

यो पटक यो प्रदेशमा राजनीतिक उलटपुलट भएको छ । अघिल्लो चुनावमा तालमेल गरेका दुई प्रमुख मधेस केन्द्रित शक्तिबीचको एकतापछि जन्मिएको जसपा विभाजित छ । जसपा एमालेसँग सहकार्यमा छ भने लोसपा सत्ता गठबन्धनसँग सहकार्यमा छ । प्रतिनिधि सभासँगै प्रदेश सभामा पनि सत्तारुढ पाँच दलीय गठबन्धन र नेकपा एमालेको नेतृत्वमा रहेको विपक्षी गठबन्धनबीच रोचक चुनावी प्रतिस्पर्धा हुने छ । यो प्रदेशमा एमाले र नेकपा माओवादी केन्द्रबाट भावी मुख्यमन्त्रीका लागि कसैको दाबी देखिँदैन।

हेरौं भावि मुख्यमन्त्रीका दाबेदार
जसपाबाट राउत र यादव

लालबाबु राउतस् एमालेसँगको तालमेलमा रहेको जसपाबाट मुख्यमन्त्री लालबाबु राउत फेरि दाबेदार देखिनुभएको छ । राउत पर्सा १ ‘ख’ बाट फेरि प्रदेश सभा सदस्यका उम्मेदवार हुनुहुन्छ । तत्कालीन संघीय समाजवादी पार्टीबाट निर्वाचित राउत राजपाको समर्थनमा मुख्यमन्त्री बन्नुभएको थियो । तर पाँच वर्षे कार्यकाल भने सन्तोषजनक देखिदैन । मुख्यमन्त्री बेटी पढाउन बेटी बचाउ अभियान अन्तर्गत साईकल वितरणमा अनियमितता भएपछि अख्तियारले विशेष अदालतमा मुख्यमन्त्री कार्यालयका कर्मचारी विरुद्ध मुद्दा हालेको छ । जसपा अध्यक्ष उपेन्द्र यादवसँग पनि सम्बन्ध बिग्रिएकाले राउतलाई दोस्रो पटक मुख्यमन्त्री बन्न सकस छ ।

सरोजकुमार यादव स् जसपाबाट सरोजकुमार यादव पनि मुख्यमन्त्रीका दाबेदारका रुपमा देखिनुभएको छ । मधेसका निर्वतमान सभामुख यादव अब कार्यकारी बन्ने योजनामा रहेको सार्वजनिक गरिसक्नुभएको छ । यादव बारा १ ‘ख’ बाट उम्मेदवार बनेका यादवलाई एमालेको समर्थन छ ।

जसपाबाट मधेसका अर्थमन्त्री शैलेन्द्र साह, मनिष सुमन र कृषि मन्त्री विजय यादव पनि मुख्यमन्त्रीको आकांक्षीको रुपमा हेरिएको छ।
जसपाका नेताहरुले भावि मुख्यमन्त्रीबारे मुख खोल्न थालेका छन् ।

लोसपाबाट सोनलको दाबी
जितेन्द्र सोनल स् सत्तारुढ गठबन्धनसँग तालमेल गरेको लोसपाका प्रदेश अध्यक्ष जितेन्द्र सोनल मधेशको मुख्यमन्त्रीका दाबेदार देखिनुभएको छ । आफूलाई मुख्यमन्त्रीको दाबेदार भन्दै सोनलले चुनावी प्रचारलाई तिब्रता दिनुभएको छ । बारा ४ ‘ख’ बाट प्रदेश सभा सदस्यका उम्मेदवार बनेका सोनल लोसपाका शीर्ष तहका नेता हुनुहुन्छ ।

लोसपाले भावि मुख्यमन्त्रीबारे नबोले पनि नेताहरू आफैं मुख खोल्न थालेका छन् ।

कांग्रेसबाट रामसरोज र कृष्णको दाबी
मधेसमा कांग्रेसबाट दुई जना नेताले मुख्यमन्त्रीमा दाबी गरेका छन् । मधेसवादी दलको मुख्य दाबी रहेपनि स्थानीय चुनावको नतिजाबाट उत्साहित कांग्रेस पनि मुख्यमन्त्रीको दाबीसहित चुनावी मैदानमा छ ।
रामसरोज यादव स् धनुषा ३ ‘क’ बाट उम्मेदवार बनेका यादव २०७४ सालमा यहि क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । प्रदेशमा कांग्रेस संसदीय दलको नेता भइसकेका यादवलाई मुख्य दाबेदार मानिएको छ ।

कृष्ण यादव स् कांग्रेसबाट मुख्यमन्त्रीका अर्का दाबेदार यादव रौतहट १ ‘ख’ बाट उम्मेदवार हुनुहुन्छ । २०७४ सालको निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा रौतहट १ मा लोसपाका नेता अनिल झासँग पराजित यादव कांग्रेस भित्र निष्ठावान नेताका रुपमा चिनिन्छन् । उहाँ कांग्रेसको मधेस प्रदेश समिति अध्यक्ष पनि हुनुहुन्छ । यादवले मुख्यमन्त्री बन्नेगरी प्रदेशमा उम्मेदवारी दिएको चर्चासहित चुनावी प्रचार थाल्नुभएको छ ।

कांग्रेसका नेताहरुले भावि मुख्यमन्त्रीबारे मुख खोल्न थालेका छन् ।

एमालेबाट लेखीको दाबी
एमालेका केन्द्रीय सदस्य राजकुमार लेखी सप्तरी १ कबाट उम्मेदवार हुनुहुन्छ । लामो समय एमाले बाहिर रहेका नेता लेखी चितवन महाधिवेशनको केही समय पहिले एमाले प्रवेश गर्नुभएको थियो । एमालेले मुख्यमन्त्रीमा दाबी गरिनसके पनि लेखीलाई सम्भावित उम्मेदवारका रुपमा हेरिएको छ ।

दाबेदार देखिएकाहरुबाहेकका नेताहरु पनि मुख्यमन्त्री बन्न सक्ने अवस्थालाई राजनीतिमा नकार्न भने सकिँदैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्