राजनीति

यी हुन् प्रदेश-१ को मुख्यमन्त्रीका सम्भावित अनुहार (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असोज ३१ गते २१:५६
यी हुन् प्रदेश-१ को मुख्यमन्त्रीका सम्भावित अनुहार (भिडियो रिपोर्टसहित)

३१ असोज २०७९ काठमाडौं । कर्णाली र मधेस प्रदेशका बहालवाला मुख्यमन्त्रीसहित प्रमुख दलका प्रभावशाली नेता प्रदेशसभामा उम्मेदवार बनेका छन् ।

मुख्यमन्त्री बन्ने आकांक्षासहित प्रदेशसभामै प्रतिस्पर्धामा उत्रिएका नेतामध्ये को बन्छ मुख्यमन्त्री ? भन्ने बहस सुरु भएको छ । आज हामी प्रदेश-१ को मुख्यमन्त्रीका सम्भावित अनुहारबारे चर्चा गर्दैछौं । प्रत्यक्षतर्फ ५६ निर्वाचन क्षेत्र रहेको प्रदेश एकमा कुल ९३ सांसद हुने छन् ।

को बन्ला प्रदेश–१ को मुख्यमन्त्री ?
मंसिर ४ को निर्वाचनपछि नाम तय नभएको प्रदेश(१ ले चौथो मुख्यमन्त्री पाउने छ । सँगै नाम पनि पाउने आशा त्यहाँका नागरिकको छ । भावि मुख्यमन्त्रीको दाबेदारबारे जान्नुअघि अघिल्लो निर्वाचनको परिणाम हेरौं–

अघिल्लो चुनावमा कसका कति सांसद ?
४७ सांसद जित्ने दलको सरकार बन्ने प्रदेश(१ मा चुनावी चहलपहलसँगै भावि मुख्यमन्त्रीबारे काफी चर्चा शुरु भइसकेको छ । कुल ९३ सदस्यीय प्रदेशसभामा अघिल्लो पटक एमालेले ५१ सिट जितेको थियो । त्यहाँ माओवादीको १५, कांग्रेसको २१, संघीय समाजवादी फोरमको ३, राप्रपा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र स्वतन्त्रको १र१ सिट आएको थियो । पाँच वर्षमा एमालेबाट शेरधन राई तथा भीमप्रसाद आचार्य मुख्यमन्त्री बन्दा एमाले विभाजनपछि एकीकृत समाजवादीका राजेन्द्र राई तेस्रो मुख्यमन्त्री बन्नुभएको थियो ।

पछिल्लो पाँच वर्ष कोशीमा धेरै पानी बगिसक्यो । कोशीमा पानी मात्रै बगेन बेनामे प्रदेशको राजनीतिक समीकरण पनि उलट पुलट भइसकेको छ । तत्कालीन नेकपा र पछि नेकपा एमाले विभाजनसँगै त्यसबेलाको पहिलो शक्ति नेकपा एमालेलाई ठूलो धक्का लागेको प्रदेश हो, यो । एमालेले आफ्नो बलियो गढ मानेको प्रदेश एकमा अघिल्लो चुनावमा जस्तै सहज बहुमत ल्याउन सक्ने अवस्था भने छैन ।

एमालेबाट को–को छन् त दाबेदार ?
हिक्मत कार्की
एमाले अध्यक्ष केपी शर्मा ओलीकै क्षेत्र झापा ५ को क बाट उम्मेदवार बनेका कार्की एमालेबाट मुख्यमन्त्रीका प्रमुख दाबेदार हुनुहुन्छ । ओलीका विश्वास पात्र भएकाले पनि कार्कीलाई प्रमुख दाबेदार मानिएको छ ।

रविन कोइराला
प्रतिनिधिसभामा अध्यक्ष ओलीले टिकट नदिएपछि प्रदेशसभामा उठेका कोइरालालाई भावि मुख्यमन्त्रीको आश्वासन दिइएको छ । झापा(१ को प्रदेशसभा क मा उठ्नुभएका कोइराला प्रदेश एकमा उठेका सिनियर नेतामध्येमा पर्नुहुन्छ ।

जीवन घिमिरे
एमालेबाट भावि मुख्यमन्त्रीको दाबेदारका रुपमा घिमिरेलाई पनि हेरिएको छ । कुनैबेला पार्टीमा माधव नेपाल निकट मानिने घिमिरे प्रदेश(१ को मन्त्री बन्दा खेलेको भुमिकाको प्रशंसा हुने गरेको छ । मोरङ ४ खबाट घिमिरेले अन्तिम समयमा टिकट पाउनुभएको थियो ।

नेपाली कांग्रेसबाट ६ जना दाबेदार
अघिल्लो संसदमा प्रमुख प्रतिपक्षी र नेकपा विभाजनपछि सत्तारुढ बनेको कांग्रेसबाट यो पटक मुख्यमन्त्रीमा ६ जना नेताको दाबी छ ।

अमृत अर्याल
प्रदेश १ मा कांग्रेसका उम्मेदवारमध्ये अर्याललाई मुख्यमन्त्रीको मुख्य दाबेदार मानिएको छ । संविधानसभा सदस्य भइसकेका केन्द्रीय सदस्य अर्याल मुख्यमन्त्री बन्ने सर्तमा प्रदेशमा उठेको चर्चा कांग्रेसीबीच छ । अर्याल मोरङ क्षेत्र नम्बर ५ को ‘ख’ बाट सत्ता गठबन्धनको सो उम्मेदवार हुनुहुन्छ ।

भीम पराजुली
विराटनगरका पूर्व मेयर पराजुलीलाई पनि मुख्यमन्त्रीको दाबेदार मानिएको छ । मोरङ ४ को ुखु बाट पराजुली उम्मेदवार हुनुहुन्छ ।

गुरुराज घिमिरे
२०६२–०६३ को जनआन्दोलनका चर्चित नेता घिमिरे पहिलो पटक संसदीय चुनावमा हुनुहुन्छ । मोरख ४ क बाट प्रदेशसभा उम्मेदवार बन्नुभएका घिमिरेलाई पनि मुख्यमन्त्रीको दाबेदारका रुपमा हेरिएको छ ।

कांग्रेसबाट राजीव कोइराला, उद्धव थापा र केदार कार्कीको पनि मुख्यमन्त्रीमा दाबी छ । कांग्रेसका नेता प्रदेश एकको भावि समीकरणबारे यस्तो दाबी गर्छन् ।

माओवादीः इन्द्रबहादुर आङ्बोको एकल दाबी
पाँचथरको प्रदेशसभा ख बाट उम्मेदवार बनेका प्रदेश १ का आर्थिक मामला मन्त्री ईन्द्रबहादुर आङबो नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्रीका एकल दाबेदार हुनुहुन्छ । सत्ता गठबन्धनको भागवण्डामा प्रदेशसभामा कुल १७ सिट पाएको माओवादीले आङबोलाई अघिसार्ने तयारी गरेको हो ।

एकीकृत समाजवादीः राजेन्द्र राईको एकल दाबी, छैन आधार
प्रतिनिधिसभा सदस्यमा चुनाव लड्न चाहेका प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई भागबन्डामा टिकट नपाएपछि फेरि भोजपुर (क) बाट प्रदेशसभामा उम्मेदवार बन्नुभएको छ । एकीकृत समाजवादीका नेता राई पुन मुख्यमन्त्री बन्ने योजनामा हुँदा पार्टीले भने सिमित सिट पाउनु उहाँका लागि तगारो बन्न सक्छ ।

प्रदेश एकमा आगामी चुनावपछि सत्ता समीकरण फेरबदलको सम्भावना रहेकाले मुख्यमन्त्रीमा दाबी नगरेकाहरु पनि पदमा नपुग्लान् भन्न सकिन्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्