Main News

प्रतिगमनको खतरा अझै कायम रहेको प्रधानमन्त्री देउवाको दाबी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असोज ३० गते १८:१८
प्रतिगमनको खतरा अझै कायम रहेको  प्रधानमन्त्री देउवाको दाबी (भिडियो रिपोर्टसहित)

३० असोज २०७९ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा प्रतिगमनको खतरा अझै पनि रहेको भन्दै राजनीतिक स्थायित्वका लागि दलहरु मिलेर अघि बढ्नु विकल्प नभएको बताउनुभएको छ ।

काठमाडौंमा आज आयोजित काठमाडौं क्षेत्र नम्बर २ का प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेदवारको परिचयात्मक कार्यक्रममा प्रधानमन्त्री देउवाले गठबन्धनमा आवद्ध दलहरु मिलेर अघि बढ्नुपर्ने बताउनुभएको हो ।

नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले मिलेर निर्वाचन लड्ने, लोकतन्त्रको सुदृढीकरण गर्ने र गरिबी हटाउने मौकाको सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब पनि आर्थिक क्रान्तिको अभियानलाई एकसूत्रीय रुपमा अघि बढाउन नसके राजनीतिक परिवर्तनलाई पनि दिगो बनाउन नसकिने बताउनुभयो । उहाँले आर्थिक क्रान्तिको अभियानलाई एकसूत्रीय रुपमा अघि बढाउन नसके स्थायित्व नआउने र देश निरंकुशता र अराजकताको भुमरिमा फस्ने दाबी गर्नुभयो ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले धरापमा परिसकेको संविधान र लोकतन्त्रलाई रक्षा गरेकाले सत्तारुढ गठबन्धन मा आवद्ध दलका उम्मेदवारलाई जिताउनुपर्ने बताउनुभयो ।

मुलुकको स्वाभिमानलाई उचो राक्न र जनताको अधिकारलाई सुनिश्चित गर्न पनि सत्तारुढ गठबन्धनलाई आगामी निर्वाचनमा विजयी गराउनुपर्नेमा नेपालको जोड थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *