Main News
लामाे समय सरकारकाे नेतृत्व गरेका दलले युवा पालायनको अवस्था ल्याए : रवीन्द्र मिश्र (भिडियो रिपोर्टसहित)
२०७९ असोज २९ गते १४:२६
२९ असोज २०७९ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले लामो समय सरकारको नेतृत्व गरेका दलले युवा पालायनको अवस्था ल्याएको आरोप लगाउनुभएको छ ।
काठमाडौंमा आयोजित आज आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष मिश्रले अहिलेका युवामा देशैमा केहि गरौँ भन्ने भन्दा पनि जसरी पनि विदेशीने सोच बनिरहेको बताउनुभयो। उहाँले सुसंकृत नेपाललाई दलीय शासकले विकृत बनाएको बताउनुभयो । ।
राजनीतिमा पनि धर्म हुने तर अहिलेका राजनीतिक दल त्यो मर्म विपरित चलेको उहाँको भनाइ छ । काठमाडौं १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार भएका वरिष्ठ उपाध्यक्ष मिश्रले वर्तमान राजनीतिक पृष्ठभूमिका राप्रपा अलग रहेकाले आफूले रोजेको बताउनुभयो ।
प्रतिक्रिया