Main News

समानुपातिकतर्फका उम्मेदवारको योग्यतासम्बन्धी दावी विरोध गर्ने आज अन्तिम दिन

हिमालय टिभी
२०७९ असोज २९ गते ८:४९
समानुपातिकतर्फका उम्मेदवारको योग्यतासम्बन्धी दावी विरोध गर्ने आज अन्तिम दिन

२९ असोज २०७९ काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक तर्फको उम्मेदवारको योग्यता सम्बन्धमा आजसम्म दावी विरोध गर्न पाउने छन् ।

निर्वाचन आयोगको पूर्व निर्धारित कार्यक्रम अनुसार प्रतिनिधि सभा र प्रदेश सभातर्फ समानुपातिक तर्फको उम्मेदवारको योग्यताबारेमा कसैले दावी विरोध सम्बन्धी उजुरी गर्न चाहेमा आज साँझ ५ बजेसम्मको समय तोकिएको छ ।

कुनैपनि व्यक्तिले निर्वाचन आयोगले तोके अनुसारको ढाँचामा आयोगमा उजुरी गर्न पाउने आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *