Main News

विपन्न नागरिकले थालेका साना व्यवसाय धरापमा, विकल्प बिनै काठमाडौं महानगरको ज्यादती (भिडियो रिपोर्टसहित)

२०७९ असोज २८ गते २१:४९
विपन्न नागरिकले थालेका साना व्यवसाय धरापमा,  विकल्प  बिनै काठमाडौं महानगरको ज्यादती (भिडियो रिपोर्टसहित)

२८ असोज २०७९ काठमाडौं । काठमाडौं महानगरपालिकाले अनधिकृत संरचनामा डोजर चलाएको मात्र छैन, फुटपाथ खाली गर्दै पनि छ । तर, फुटपाथ खाली गर्दा विपन्न नागरिकले थालेका साना व्यवसाय धरापमा परेको छ । विकल्प नै नदिइ उनीहरूलाइ जबरजस्ती हटाउँदा काठमाडौं महानगरपालिकाको आलोचना बढेको छ ।

यो दृश्य सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुमा अहिले छ्प्याछ्याप्ती छ । काठमाडौं महानगरपालिकाको प्रहरीले गरिखाने शर्मिला तामाङको ठेलागाडा उठाएर लगेपछि उनको आँखाकाबाट आँशुको बर्बर धारा छुटेको दृश्यमा देखिन्छ । नहोस पनि कसरी ? उनको अप्रेसन गरेको हातमा अहिले पनि स्टिलको पाता छ ।

जुन पाता निकाल्न लाग्ने खर्च र नाबालक सन्तानको पालन पोषणको खर्च जोहोकै लागि काठमाडौंको खुल्ला आकाशमा रगतको पसिना बगाउन बाध्य शर्मिलाका लागि सहरा नै यही ठेलागाडा थियो ।

तर काठमाडौं नगरप्रहरीले एक्कासी बिहीबार शर्मिलाको ठेलागाडा उठायो । महिलामाथि अत्याचार भएपछि महानगरपालिका नेतृत्व र नगरप्रहरीले चर्को आलोचना खेप्नु परेको छ । सामाजिक सञ्जालमा अन्धभक्त भएर नगरप्रमुख बालेन्द्र साहको समर्थन गर्नेहरुले पनि नगरप्रहरीको ज्यादतीको खुलेरै आलोचना गरेकाछन् ।

यो त एक प्रतिनिधि घटना हो । पछिल्ला दिनहरुका सामाजिक सञ्जालहरुमा निमुखारविपन्न नागरिकलाइ काठमाडौं महानगरपालिका र नगरप्रहरीले गरेका अमानवीय व्यवहार छरफस्ट छन् । नगरप्रहरीले अभावबाट मुक्ति चाहेर सडकमा आएका बलिया बाङगा मात्रै नभएर बृद्धवृद्धा र महिलाहरुलाई पनि लछारपछार गर्न पछि परेका छैनन् ।

फुटपाथलाई व्यवस्थापन गर्ने नाममा आफूलाई रातारात भाइरल र लोकप्रिय गराउने नाममा नगरप्रहरीबाट निरन्तर विना विकल्प निमुखाको गाँस र बाच्ने आधार खोस्ने काम भैरहेको भन्दै सामाजिक सञ्चालमा आलोचना भएको छ । सामाजिक सञ्जालमा छाइरहेकी यी महिलाको आँखाबाट आँसु खसेपछि मात्रै अहिले धेरैको आँखा खुलेको भन्दै बरिष्ठ पत्रकार प्रतीक प्रधानले आक्रोश व्यक्त गर्नुभयो ।

गाँस, बास, कपास, स्वास्थ्य र शिक्षालाइ संविधानले नै नागरिकको नैंसर्गिक अधिकार भनेको छ । सामाजिक सञ्जालमा भाइरल बनाइएका यी निमुखा यी नै आधारभुत कुराको जोहो गर्नका लागि सडकमा ठेला धकेल्न आइपुगेका हुन भन्ने तथ्यलाई जनप्रतिनिधिले मनन गर्न नसक्नु लज्जास्पद हो ।

फुटपाथ पैदल यात्रुकै लागि हो र यसको व्यवस्थापन जरुरी छ । तर विपन्न र निमुखाको जिविकोपार्जनको ग्यारेन्टी नगरी र विना बिकल्प भैरहेको यो अत्याचारलाई रोक्न जरुरी भैसकेको छ । काठमाडौं हुने खानेको मात्रै नभएर हुँदा खानेको पनि हो भन्ने तथ्य बुझ्न जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *