Main News

मधेस प्रदेशमा कांग्रेसबाट सरकारमा सहभागी तीन मन्त्री बर्खास्त

हिमालय टिभी
२०७९ असोज २८ गते १६:५२
मधेस प्रदेशमा कांग्रेसबाट सरकारमा सहभागी तीन मन्त्री बर्खास्त

२८ असोज २०७९ धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले कांग्रेसबाट प्रतिनिधित्व गर्ने तीन मन्त्रीलाई बर्खास्त गर्नुभएको छ ।

सत्ता गठबन्धनबाट बाहिरिएको जनता समाजवादी पार्टी र कांग्रेसबीच संघीय सरकारमा देखिएको विवाद मधेस प्रदेशमा पनि देखिएको हो । गठबन्धन छाडेर एमालेसँग तालमेल गर्न पुगेको जसपाका चार मन्त्रीलाई हिजो प्रधानमन्त्री शेरबहादुर देउवाले बर्खास्त गर्नुभएको थियो ।

त्यसको बदला लिन मधेसमा सरकारको नेतृत्व गरेको जसपाले कांग्रेसबाटै मन्त्री बनेका तीन जनालाई बर्खास्त गर्दिएको हो । मुख्यमन्त्री राउतले सत्ता गठबन्धनकै अन्य दुई घटक माओवादी केन्द्र र एकीकृत समाजवादीका मन्त्रीलाई भने हटाउनुभएको छैन ।

हिजो साँझ कांग्रेससहित माओवादी र एकीकृत समाजवादीका ६ मन्त्री र २ राज्यमन्त्री सबैलाई बर्खास्त गर्ने राउतको तयारी रहेपनि आज पुनर्विचार गर्दै कांग्रेसका मन्त्री मात्र हटाइएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

कांग्रेसबाट मधेस सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह हुनुहुन्थ्यो ।

उहाँहरुलाई मुख्यमन्त्रीले हिजै राजीनामा दिन भनेपनि राजीनामा नआएपछि बर्खास्त गर्नुभएको हो । रिक्त मन्त्रालय मुख्यमन्त्री राउत आफैंले राख्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *