Main News

व्यवसायीले किन बन्द गरे वीरेन्द्रनगर बजार ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असोज २८ गते १४:५७
व्यवसायीले किन बन्द गरे वीरेन्द्रनगर बजार ? (भिडियो रिपोर्टसहित)

२८ असोज २०७९ सुर्खेत । व्यवसायीको आह्वानमा सुर्खेतको वीरेन्द्रनगर बजार बन्द भएको छ ।

बैंकले ब्याजदर र किस्ताका लागि दिएको मानसिक यातनाविरुद्ध व्यवसायीले बजार बन्द गरेको बताएका छन् । बन्दका कारण मुख्यतः वीरेन्द्रनगर बजारका व्यापारिक पसल पूर्णरुपमा बन्द छन् ।

संयुक्त व्यवसायी संघर्ष समितिले मुलुकमा आर्थिक संकट सिर्जना भैरहेको बेला निजी क्षेत्रलाई थप समस्यामा पार्ने गरी बैंकले सिण्डिकेट लगाई कडाई गरेकोप्रति प्रतिवाद गर्न बन्द गरिएको बताएको छ ।

समितिले कर्जाको ब्याजदरमा एकल अंक कायम गरी स्थायित्व हुनुपर्ने, बैंकले विभिन्न शीर्षकमार्फत लिने सेवा शुल्क लगायतका कुनै पनि शुल्क महसुल लिन नपाउने, पुरानो चालु पुँजी कर्जा निर्देशिकालाई यथावत राखी नयाँ निर्देशिका क्रमिक रुपले लागु गर्नुपर्ने, कर्जाको व्याजदर पुनःसंरचना गर्नु पर्ने, बैंकले अघि बढाएका सम्पूर्ण लिलामी प्रक्रिया २०७९ चैत मसान्तसम्मका लागि रोक्ने लगायतका माग राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *