Main News

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

हिमालय टिभी
२०७९ असोज २८ गते ९:१७
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

२८ असोज २०७९ काठमाडौं । आगामी मङ्सिर ४ मा हुने निर्वाचनमा पार्टीले लिने रणनीतिका बारेमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा निर्वाचनको तयारी, सत्ता साझेदार दलहरूसँगको चुनावी तालमेलसहित समसामयिक विषयमा छलफल हुने जानकारी दिनुभयो ।

कांग्रेसले विद्रोही उम्मेदवारहरूलाई भने उम्मेदवारी निष्क्रिय गरेमा कारबाही नगर्ने भएको छ । त्यसका लागि यही असोज ३१ गतेसम्म समयसीमा दिइएको पनि मुख्य सचिव पौडेलले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *