Main News

अब ठूलो वर्षा हुने सम्भावना कम

हिमालय टिभी
२०७९ असोज २७ गते १०:५६
अब ठूलो वर्षा हुने सम्भावना कम

२७ असोज २०७९ काठमाडौं । आज देशका अधिकांश ठाउँको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

ठूलो वर्षा हुने सम्भावना नरहे पनि मनसुन बाहिरिनसकेकाले हल्का वर्षा भने हुने महाशाखाको भनाइ छ ।

पहाडी क्षेत्र र भिरालो जमिनमा पहिरोको जोखिम भने कायमै रहेकाले सतर्कता अपनाउन मौसमविद्को सुझाव छ ।

मनसुन र नेपाल भित्रिएको पानी पार्ने प्रणाली कमजोर बनेसँगै मौसम भने खुल्न थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *