Main News
प्रत्यक्ष तर्फको मतपत्र छपाइको प्रक्रिया आजबाट शुरु हुँदै
२०७९ असोज २७ गते १०:३९

२७ असोज २०७९ काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेद्वारहरूलाई निर्वाचन चिन्ह वितरण गरेसँगै मतपत्र छपाइको प्रक्रिया आजबाट शुरु भएको छ ।
आयोगका अनुसार देशभरका उम्मेदवारलाई चुनाव चिन्ह वितरणको काम सकिएकाले आजबाट प्रत्यक्ष तर्फको मतपत्र छपाइको प्रक्रिया सुरु हुने निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले जानकारी दिनुभयो ।
हिजो आयोगले उम्मेदवारहरूलाई आधिकारिक चुनाव चिन्ह वितरण गरेको थियो ।
प्रतिक्रिया