Main News

मुगुमा पहिरोमा परेर आठ जना बेपत्ता

हिमालय टिभी
२०७९ असोज २४ गते १२:५७
मुगुमा पहिरोमा परेर आठ जना बेपत्ता

२४ असोज २०७९ मुगु । मुगुमा लगातारको अविरल वर्षापछि पहिरो जाँदा आठ जना बेपत्ता भएका छन् ।

२५ घरपरिवार विस्थापित भएका छन् । छायाँनाथ रारा नगरपालिका वडा नम्बर ११ तलिसालिम गाउँ हिजो दिउँसो गाउँ माथिबाट पहिरो खस्दा ८ जना बेपत्ता भएका हुन् ।

पहिरोका कारण २५ परिवार विस्थापित भएका छन् । विस्थापितहरुलाई स्थानीय विद्यालयमा राखिएको छ ।

खराब मौसमका कारण घटनास्थल पुग्न कठिनाइ भैरहको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *