Main News
राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि
२०७९ असोज २४ गते १२:५३
२४ असोज २०७९ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. दिनेश काफ्लेका अनुसार राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
चिकित्सकहरुका अनुसार उहाँको स्वास्थ्यमा अहिले केही सुधार देखिएको छ । राष्ट्रपति भण्डारी अस्वस्थ भएपछि शनिबार शिक्षण अस्पताल भर्ना गरिएको थियो ।
प्रतिक्रिया