एमाले नेता बालकृष्ण ढुंगेल मृत फेला
२२ असोज २०७९ काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पहिलो संविधानसभाका सदस्य बालकृष्ण ढुंगेलको निधन भएको छ ।
ढुंगेलको आज काठमाडौं गोठाटारस्थित आफ्नै निवासको शौचालयमा लडेर निधन भएको हो । परिवारका सदस्य बर्दिबास गएकाले ढुंगेल घरमा एक्लै हुनुहुन्थ्यो । अहिले एमाले ओखलढुंगाका नेता कार्यकर्ता र पारिवारिक सदस्यहरू उनको निवासमा भेला भएका छन् ।
लामो समय जेलमा रहँदा उनलाई ढुंगेल मिर्गौलासहित विभिन्न रोगबाट पीडित हुनुहुन्थ्यो । नेकपाको एकता भंग हुँदा उहाँ माओवादीमा नगएर एमालेमा नै बस्नुभएको थियो ।
ढुंगेल पहिलो संविधानसभा निर्वाचनमा माओवादी केन्द्र ओखलढुंगा क्षेत्र नम्बर २ बाट सभासद् हुनुभएको थियो । उहाँलाई २०६६ सालमा सर्वोच्च अदालतले ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद सजाय दिएको थियो ।
त्यतिबेला सर्वोच्चले जिल्ला अदालतकै फैसला सदर गरेको हो । सर्वोच्चबाट जन्मकैदको फैसला भए पनि उहाँले २०७४ सालमा आम माफी पाउनुभएको थियो ।
प्रतिक्रिया