Main News

देशका विभिन्न भागमा पहिरोमा पुरिएर ११ जनाको मृत्यु

हिमालय टिभी
२०७९ असोज २२ गते १२:५३
देशका विभिन्न भागमा पहिरोमा पुरिएर ११ जनाको मृत्यु

२२ असोज २०७९ काठमाडौं । पहिरोमा परेर ११ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।

जुम्लाको कनका सुन्दरी गाउँपालिकामा सात र प्युठानमा तीन र सल्यानमा एक जनाको मृत्यु भएको हो । जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीका अुनसार कनकासुन्दरी गाउँपालिका–५ को बारकोटेबाडामा गएको पहिरोमा पुरिएका पाँच जनाको सनाखत भएको छ ।

सनाखत भएका पाँचै जना एकै परिवारका हुन् । प्रहरीका अनुसार कनकासुन्दरी–५ का गणेशबहादुर शाहीको घरमा खसेको पहिरोमा शाहीसहित तीन छोरा र बुहारीको मृत्यु भएको छ । यस्तै, बेपत्ता भएका दुई जनाको शव फेला परेको छ । दुवैको सनाखत भने हुन बाँकी छ ।

पहिरोले पुरेको स्थानबाट प्रहरीले दुई जनालाई उद्दार गरेर उपचारका लागि हेलिकोप्टरबाट सुर्खेत पठाएको छ ।

यस्तै, प्युठानमा पहिरोले घर बगाउँदा बेपत्ता भएका ६ जनामध्ये तीन जनाको शव भेटिएको छ । प्रहरीका अनुसार ५५ वर्षका थामी बुढा मगर, २१ वर्षका केकी राउमगर र १८ वर्षका मौसमी थापामगरको शव भेटिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिनुभयो । बाँकी तीन जनाको भने खोजी भइरहेको छ ।

माण्डवी गाउँपालिका–४ फरन्डीमा हिजो शुक्रवार बमबहादुर बुढा मगरको घर माथिबाट आएको पहिरोले बगाउँदा ६ जना बेपत्ता भएका थिए ।

यता, सल्यानमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। शारदा नगरपालिका–८ मार्के ओर गाउँका १४ वर्षीय अजय विकको पहिरोमा परी मृत्यु भएको हो। शव पोस्ट मार्टमका लागि जिल्ला अस्पताल लगिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *