Main News

डेङ्गु रोगको जोखिम थप एक महिना कायमै रहने

हिमालय टिभी
२०७९ असोज २१ गते १०:०८
डेङ्गु रोगको जोखिम थप एक महिना कायमै रहने

२१ असोज २०७९ काठमाडौं । सरकारले थप एक महिना डेङ्गु रोगको जोखिम कायमै रहने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पछिल्लो केही दिनदेखि निरन्तर वर्षाका कारण देशभरको तापक्रम घट्दै गएपनि डेङ्गु रोगको जोखिम अझै एक महिना कायमै रहने बताएको छ ।

महाशाखा अन्तर्गतको किटजन्य शाखाका प्रमुख गोकर्ण दाहालले वर्षाका कारण मौसम परिवर्तन भएपनि डेङ्गु रोगको जोखिम अझै एक महिना रहने भएकाले सतर्कता अपनाउन आग्रह गर्नुभयो ।

यस्तै मन्त्रालयले लगातारको वर्षाका कारण पानीको मुहान फोहोर हुँदा झाडापखाला, हैजाका साथै अन्य सङ्क्रामक रोगको जोखिम बढेकाले सावधानी अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *