Main News

हेटौंडामा उपभोग्य सामानको मूल्यले आकाश छुँदा पनि सरोकारवाला निकाय मौन (भिडियो रिपोर्टसहित)

२०७९ असोज १६ गते १८:०९
हेटौंडामा उपभोग्य सामानको मूल्यले आकाश छुँदा पनि सरोकारवाला निकाय मौन (भिडियो रिपोर्टसहित)

१६ असोज २०७९ हेटौंडा । बजारभाउले आकाश छोएको छ । दैनिक बढ्दै गएको उपभोग्य सामानको मूल्यले उपभोक्ता मारमा परिरहेका छन् ।

यसको अनुगमन र कारबाहीको जिम्मेवारी बोकेको सरोकारवाला निकाय मौन बस्ने गर्छन् । तर, दशैँ आएसँगै झारो टार्ने अनुगमनले यो पटक पनि हेटौँडामा निरन्तरता पायो ।

हेटौँडाको औद्योगिक क्षेत्रभित्र सञ्चालित अनामिका सोयाबिन उद्योग । यो उद्योगले मस्यौरा भुईमै राख्ने गरेको, अखाद्य वस्तु फेलापरेको र सरसफाईमा ध्यान नदिएको भन्दै केही दिन अघि बजार अनुगमन टोलीले उत्पादन बन्द गरेर सिल गरिदियो । तर, सिल गरेको उद्योग चलिरहेको छ र उत्पादन बजारमा गइरहेका छन् ।

उद्योग चलेको प्रशासनलाई पत्तो छैन । खाद्य तथा गुण नियन्त्रणको कार्यालय केही मिटर मात्र टाढाको दुरीमा छ । नाम मात्रको अनुगमन र मुचुल्का उठाउने काम मात्रै हुँदा यस्ता उद्योग निर्वाध खुलेका छन् । हेटौडामा पछिल्लो समय यस्तै नाम मात्रैको अनुगमन भइरहेको छ । उद्योगमा जाँदै अनुगमन गर्ने र सिल गरेर अनुगमन भइरहेको जिल्ला प्रशासनको दावी छ ।

चाडपर्वमा मात्रै गरिने बजार अनुगमन प्रभावकारी नबन्दा बजारमा कालोबजारी मौलाएको छ । नागरिकको स्वास्थ्यमा गम्भीर असर पर्ने अखाद्य वस्तुको विक्री वितरण भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *