Main News

पर्यटन क्षेत्र: लयमा फर्किन तीन वर्ष लाग्ने (भिडियो रिपोर्टसहित)

२०७९ असोज १४ गते २१:०७
पर्यटन क्षेत्र: लयमा फर्किन तीन वर्ष लाग्ने (भिडियो रिपोर्टसहित)

१४ असोज २०७९ काठमाडौं । कोभिड–१९ महामारीपछि विदेशी पर्यटक आवागमनमा केही सुधार भएकोछ। पर्यटकीय सिजन सुरुभएसँगै पर्यटकीय क्षेत्रमा विदेशी पर्यटकको चहलपहल बढ्न थालेको छ।

दुई वर्षदेखि ठप्प प्रायः पर्यटकीय गतिविधि अहिले बढेकोमा व्यवसायी उत्साही छन् । कोभिड अघि वार्षिक १० लाखको हाराहारीमा पर्यटक आगमन हुने गरेपनि त्यो संख्या भेट्टाउन अझै ३ वर्ष लाग्ने अनुमान छ ।

सन् २०२२ को सुरुवाती चरणदेखि नै पर्यटक आगमन सुधारोन्मुख रहेको तथ्यांकले देखाउ छ । नेपाल पर्यटन बोर्डका अनुसार यो वर्षको आठ महिनामा तीन लाख २६ हजार ६ सय ६७ पर्यटक नेपाल आएका छन् । यो हवाईमार्ग भएर भित्रिएका पर्यटकहरुको तथ्यांक मात्र हो ।

कोभिड महामारीका कारण करिब २ वर्ष प्रायः ठप्प रहेको पर्यटन व्यवसाय यो वर्षको मुख्य सिजनमा भने राम्रो हुने व्यवसायीको अपेक्षा छ । पर्यटकीय सिजना सुरु भएसँगै पर्यटकीय क्षेत्रहरुको विदेशी पर्यटकहरुको चहलपहल समेत बढ्न थालेको छ।

सामान्यतया नेपालमा पर्यटनका दुईवटा सिजन हुन्छन । एउटा अक्टोबर–नोभेम्बरको अटम सिजन र अर्को मार्च– अप्रिलको स्प्रिङ सिजन मानिन्छ । विगतको तथ्यांक हेर्ने हो भने नेपालमा वर्षभरी आउने पर्यटकहरु मध्ये अक्टोबर–नोभेम्बरमा आधा भन्दा बढी पर्यटक आउने गर्छन् । विगतका सिजनामा ८० प्रतिशतसम्म होटल बुक हुने गरेपनि यो वर्ष ३० प्रतिशत पनि नरहेको होटल व्यवसायी बताउँछन् ।

कोभिङ महामारी कम भएपनि अहिले विश्वव्यापी रुपमै आर्थिक मन्दी छ । विश्वव्यापी रुपमै कायम मूल्य वृद्धिले निम्न र मध्यम आय भएकाहरुको दैनिकी प्रभावित बनेको छ । नेपालमा सबैभन्दा बढी पर्यटक आउने निम्न र मध्य वर्गीय हुन्छन, त्यसकारण यो वर्ष पनि पर्यटक आगमन ५ लाख कट्न पनि मुश्किल हुने अनुमान छ ।

सन् २०२१ मा नेपालमा दुई लाख ३० हजार पर्यटक आएका थिए । कोभिड अघि सन् २०१९ मा १२ लाख हाराहारीमा पर्यटक आएको तथ्यांक छ । कोभिड अघिको अवस्थामा पर्यटक आगमन हुन अझै २ देखि ३ वर्ष लाग्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *