राजनीति

पार्टीभित्रै विद्रोह गर्नुपर्ने बेला आएको कांग्रेस महामन्त्री थापाको टिप्पणी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असोज १४ गते १४:३०
पार्टीभित्रै विद्रोह गर्नुपर्ने बेला आएको कांग्रेस महामन्त्री थापाको टिप्पणी (भिडियो रिपोर्टसहित)

१४ असोज २०७९ काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्रै विद्रोह गर्नुपर्ने बेला आएको बताउनु भएको छ ।

काठमाडौंमा पार्टी प्रवेश कार्यक्रमा महामन्त्री थापाले सही ढंंगबाट न्यायोचित व्यवहार नभएको ठूलो गुनासो आइरहेको भन्दै पार्टीभित्र ठूलो शुद्धिकरणको अभियान चलाउनुपर्ने बेला आएको बताउनुभयो ।

उहाँले पार्टी सत्ताको हतियार मात्र हुन लागेको भन्दै पार्टी निर्वाचनको गोलचक्करमा मात्रै सिमित भएको दाबी गर्नुभयो ।

महामन्त्री थापाले सरकारले डेंगु नियन्त्रणलाई प्राथमिकता नदिएको भन्दै सरकारको आलोचना गर्नुभयो ।

वर्तमान अवस्थामा नेपालको राजनीतिको प्राथमिकता चुनाव लड्ने, जित्ने र सरकार बनाउनेमा मात्रै सिमित भएको महामन्त्री थापाको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्