Main News

आज सिट बाँडफाँट टुंगो लगाउने सत्ता गठबन्धनको तयारी

हिमालय टिभी
२०७९ असोज ११ गते ९:१४
आज सिट बाँडफाँट टुंगो लगाउने सत्ता गठबन्धनको तयारी

११ असोज २०७९ काठमाडौं । सरकारमा रहेका राजनीतिक दलहरूको गठबन्धनले आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि आज सिट बाँडफाँट टुंगो लगाउने तयारी गरेका छन् ।

सहमति अघि सिट बाँडफाँट गर्न गठित कार्यदलको बैठक बिहान बस्ने एकीकृत समाजवादी पार्टीका प्रचार विभाग प्रमुख जगन्ननाथ खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यदलमा छलफल भएपछि शीर्ष तहमा सहमति गरिनेछ ।

नेपाली कांग्रेसभित्रको विवादको प्रभाव सिट बाँडफाँटमा देखिएको अरु दलहरूको निष्कर्ष छ । सरकारमा सहभागी कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा आगामी चुनावमा सहमति गरेर जाने रणनीतिमा छन् ।

कार्यदलका एक सदस्यका अनुसार नेपाली कांग्रेस प्रतिनिधि सभातर्फ ८५ सिट लिन सहमत देखिएको छ । कांग्रेस र राष्ट्रिय जनमोर्चालाई छुट्याएर बाँकी सिटमा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) बीच सहमति खोज्ने तयारी शीर्ष नेताहरूले गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *