Main News

एकैदिन एक हजार ५१ जनामा डेंगु संक्रमण, मृत्यु हुनेको संख्या ३२ पुग्यो

हिमालय टिभी
२०७९ असोज १० गते १५:१७
एकैदिन एक हजार ५१ जनामा डेंगु संक्रमण, मृत्यु हुनेको संख्या ३२ पुग्यो

१० असोज २०७९ काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार ५१ जना डेंगु संक्रमित थपिएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सोमबारसम्म २५ हजार ५ सय ४३ जनामा डेंगु पुष्टि भएको छ । डेंगु संक्रमणका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

महाशाखाका अनुसार अहिलेसम्म सबैभन्दा धेरै बागमती प्रदेशमा १९ हजार ९ सय १० जनामा डेंगु संक्रमण भएको छ । त्यस्तै लुम्बिनी प्रदेशमा २ हजार ८ सय ८७, सुदूरपश्चिममा ८ सय ४, प्रदेश १ मा ७ सय ७५, गण्डकीमा ५ सय ५६, मधेशमा ३ सय ८० र कर्णालीमा २ सय ३१ जनामा डेंगु संक्रमण पुष्टी भएको छ ।

हालसम्म देशभरका ७६ जिल्लामा डेंगु संक्रमण फैलिएकाको छ । संक्रमितको संख्या दिनदिनै बढिरहेकाले सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

डेंगु संक्रमित एडिज प्रजातिको लामखुट्टेबाट सर्ने डेंगु नेपालमा पहिलो पटक २०६१ मा देखिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *