Main News

अछाममा पहिरोमा परी २ जनाको मृत्यु, ठुलो जनधनको क्षतिको आशंका

हिमालय टिभी
२०७९ असोज १ गते ८:५३
अछाममा पहिरोमा परी २ जनाको मृत्यु, ठुलो जनधनको क्षतिको आशंका

१ असोज २०७९ अछाम । अछामको विभिन्न स्थानमा वर्षासँगै आएको पहिरोमा परी २ जनाको मृत्यु भएको छ ।

लगातारको वर्षाका कारण कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा ठूलो जनधनको क्षति भएको बताइएको छ । जिल्ला प्रशासन कार्यालय अछामका अनुसार पहिरोले तुर्माखाँद गाउँपालिका–५ नारामा दुई घर पुरिएका छन् ।

जसमध्ये एक घरमा ९ जना रहेकोमा २ जनाको शव स्थानीयले निकालेको अछामका सहायक प्रमुख जिल्ला अधिकारी मिनराज आचार्यले जानकारी दिनुभयो ।

उहाँले घटनास्थलमा उद्धार टोली पुगिसकेको भए पनि पूरा विवरण आउन बाँकी रहेको जानकारी दिनुभयो । उहाँले कमलबजार– ६ मा पनि पहिरोले घर पुरिएको र त्यहाँ रहेकाको उद्धार कार्यका लागि टोली घटनास्थल पुगेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *