Main News

आज र भोलि देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने सम्भावना

हिमालय टिभी
२०७९ भदौ ३१ गते ९:१८
आज र भोलि देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने सम्भावना

३१ भदौ २०७९ काठमाडौं । आज देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।

आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि अत्यन्त धेरै तथा बाँकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभरको मौसम पूर्ण रूपमा खुल्ने सम्भावना छैन ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।

राति पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारीदेखि अति भारी तथा बाँकी प्रदेशका तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भोलि पनि सुदूरपश्चिमका थोरै तथा तराई भूभागका एकदुई स्थानमा भारीदेखि अति धेरै वर्षाको सम्भावना रहेकाले बाढी पहिरोको जोखिम बढ्ने भएको छ ।

बाढी र पहिरोको जोखिम हुने भएकाले नदी तटीय क्षेत्र तथा भिरालो जमिन आसपासका बासिन्दालाई सावधानी अपनाउन पनि मौसमविद्ले आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *