Main News
नेपालको मानव विकास सूचकाङ्क खस्कियो
२०७९ भदौ २४ गते ९:४३
२४ भदौ २०७९ काठमाडौं । नेपालको मानव विकास सूचकाङ्क खस्किएको छ ।
संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रमको मानव विकास प्रतिवेदन, सन् २०२१ र २२ को प्रतिवेदनमा नेपालको मानव विकास सूचकाङ्क खस्किएको उल्लेख छ । प्रतिवेदनअनुसार नेपालको मानव विकास सूचकाङ्क सन् २०२१ मा ० दशमलव ६०२ रहेको छ ।
सन् २०१९ मा ० दशमलव ६११ रहेको मानव विकास सूचकाङ्क २०२० मा ० दशमलव ६०४ थियो । सन् २०१८ मा भने नेपालको मानव विकास सूचकाङ्क ० दशमलव ६०१ थियो । दक्षिण एसियाली देशमा नेपाललगायत भारत र भुटानको पनि मानव विकास सूचकाङ्क घटेको देखिएको छ ।
पाकिस्तान र माल्दिभ्सको मानव विकास सूचकाङ्क सन् २०२० मा घटेको भए पनि अहिले केही सुधार आएको छ ।
प्रतिक्रिया