राजनीति

क्यानडामा छुरा प्रहारबाट दश जनाको मृत्यु, १५ जना घाइते

२०७९ भदौ २० गते ७:२८
क्यानडामा छुरा प्रहारबाट दश जनाको मृत्यु, १५ जना घाइते

२० भदौ २०७९ क्यानडा । क्यानडाको मध्य सास्काचेवान प्रान्तमा छुरा प्रहारबाट कम्तीमा १० जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् ।

पीडितहरू उत्तर पूर्वमा रहेको आदिवासी क्षेत्र जेम्स स्मिथ क्री नेसन र नजिकैको वेल्डनसहित १३ विभिन्न स्थानमा फेला परेका थिए ।

प्रहरीले घटनामा संलग्न दुई जनाको पहिचान भएको र हतियारधारी फरार रहेको जनाएको छ । स्थानीयलाई सुरक्षित स्थानमा रहन भनिएको छ ।

आक्रमणकारीले शुरुमा केही व्यक्तिलाई लक्षित गरेको र केहीलाई अन्धाधुन्ध आक्रमण गरेको बताइएको छ । शहरमा एक पछि अर्को गर्दै छुरा प्रहारको घटना भएको थियो ।

घटनालगत्तै सतर्क रहन सूचित गरिए पनि अहिले प्रान्तभर आपतकालीन अवस्था घोषणा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्