आग्रह वा पूर्वाग्रहबाट माथि उठेर सेवा गर्न कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन (भिडियो रिपोर्टसहित)
१९ भदौ २०७९ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निजामति कर्मचारीलाई राजनीतिक आग्रह र पूर्वाग्रहबाट माथि उठेर सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ ।
कांग्रेस निकट कर्मचारीहरुको संगठन नेपाल निजामति कर्मचारी युनियनको स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले जुनसुकै विचार बोकेका राजनीतिक पार्टीका भए पनि कर्मचारीको धर्म नै निश्पक्ष सेवा प्रवाह भएकाले त्यसमा ध्यान दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल निजामति कर्मचारी युनियन अध्यक्ष गोपाल प्रसाद पोखरलेले संघीय निजामति ऐनको अभावमा निजामति कर्मचारीलाई कार्यसम्पादमा सकस भएको गुनासो गर्नुभयो ।
संविधान जारी भएपछि सबैभन्दा पहिले बन्नुपर्ने ‘संघीय निजामती सेवा ऐन’ अझै अलपत्र परेको उहाँले बताउनुभयो ।
निजामति कर्मचारीमा देखिएका समस्याबारे आफू जानकार रहेको भन्दै प्रधानमन्त्री देउवाले समस्या समाधानको आश्वासन दिनुभएको थियो ।
प्रतिक्रिया