Main News

आस्थाले पुजिने ‘भगवान’ विरुद्ध पनि अपराध, कसले गर्छ मूर्तिचोरीको धन्दा ? (भिडियो रिपोर्टसहित)

२०७९ भदौ १४ गते २१:०५
आस्थाले पुजिने ‘भगवान’ विरुद्ध पनि अपराध, कसले गर्छ मूर्तिचोरीको धन्दा ? (भिडियो रिपोर्टसहित)

१४ भदौ २०७९ बुटवल । आस्थाले पुजिने ‘भगवान’सँग समेत अपराध हुन्छ यहाँ । अर्थात्, ‘देउता’ नै असुरक्षित हुने देश हो यो । अहिलेसम्म कति देवमूर्ति हराएर विदेश पुगे भन्ने यकिन तथ्यांक छैन । तर, स्वदेश फर्काइएको संख्या हेर्दा कुनै समय शासकसँग निकट व्यक्ति वा समूहको मुख्य धन्दा नै मूर्तिचोरी रहेछ भन्ने स्पष्ट हुन्छ ।

– २०७९ भदौ ९ – बेलायतबाट दुईवटा कलात्मक साँस्कृतिक सम्पदा
– २०७९ असार २८ – काठमाडौंको ह्यूमत टोलको नारायण मन्दिरबाट १९८० को दशकमा हराएको २ वटा टुँडाल
– २०७९ असार १० – भक्तपुर गोल्मढी टोलमा रहेको वीरभद्रेश्वर मन्दिरबाट २०३५ सालमा हराएको ताराको मूर्ति
– २०७९ जेठ १० – ललितपुरको गाःहिटिको उमामहेश्वरको मूर्ति

नेपालबाट चोरी भएका साँस्कृतिक चल सम्पदा अर्थात् मूर्ति पुनः नेपाल फर्काइएका पछिल्ला उदाहरण हुन् यि । हालसम्म विभिन्न समयमा हराएका ८७ वटा मूर्ति नेपाल फर्काइएको छ । पुरातत्व विभागको तथ्याङ्कअनुसार तिब्बतबाट २८, अमेरिकाबाट २५, बेलायतबाट १९ र अमेरिकाबाट १२ वटा मूर्ति फर्काइएको हो । अस्ट्रिया र जर्मनीबाट पनि एक–एक वटा साँस्कृतिक चल सम्पदा नेपाल ल्याइएको छ ।

नेपाल फर्काउने प्रक्रियामा ४० वटा मूर्ति छन् । लिलाम विक्री हुनबाट ३८ वटा जोगिएका छन् । कूटनीतिक माध्यमबाट २१ वटा सम्पदा तत्काल फिर्ता ल्याउने तयारी छ । फर्काइएकामध्ये ५४ वटा राष्ट्रिय संग्रहालयमा राखिएको छ ।

फिर्ता ल्याइएकामध्ये ३ वटा पुरानै ठाउँमा पुनःस्थापित भएका छन् । असीको दशकमा नेपालबाट सबैभन्दा धेरै साँस्कृतिक सम्पदा हराएको आंकलन गर्छन् संस्कृतिविद् । असुरक्षा, असावधानी, बेवास्ता र आर्थिक प्रलोभनजस्ता कारणले मूर्ति हराउने गरेको पाइन्छ ।

हराएर पुगेको ठाउँ यकिन भए पनि यस्ता पुरातात्विक सम्पदा नेपाल फर्काउन सजिलो छैन । युनेस्कोको सहयोग र मूर्ति भेटिएको देश केही उदार बनेका कारण ‘देउता’ फर्काउन सकिएको हो । अन्तर्राष्ट्रिय कानूनी प्रावधान र जटिलताका कारण भेटिएका केही मूर्ति नेपाल फर्काउन सकस भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *