Main News

मिटरब्याजीबाट मधेस प्रदेश सबैभन्दा धेरै प्रताडित (भिडियो रिपोर्टसहित)

२०७९ भदौ १२ गते १६:०९
मिटरब्याजीबाट मधेस प्रदेश सबैभन्दा धेरै प्रताडित (भिडियो रिपोर्टसहित)

१२ भदौ २०७९ जनकपुरधाम । गत साउन २७ गते गृह मन्त्रालयले मिटर ब्याज नियन्त्रणका लागि कार्यदल गठन गर्‍यो । साउन २८ मा मिटर ब्याज पीडितलाई उजुरी दर्ता गराउन सार्वजनिक सूचना जारी गर्‍यो ।

भदौ ५ भित्र उजुरी दिन गरेको आह्वानमा मधेस प्रदेशमा मात्रै ६९ प्रतिशत उजुरी दर्ता भएको छ ।

मिटरब्याजीको चङ्गुलमा मधेस प्रदेश सबैभन्दा धेरै प्रताडित भएको तथ्यांकले देखाएको छ । सरकारले बनाएको कार्यदलका अनुसार भदौ ५ सम्म दर्ता भएका उजुरी केलाउँदा देशभर परेको कुल १ हजार ९ सय ३७ उजुरीमध्ये मधेस प्रदेशबाटै मात्र ६९ प्रतिशत उजुरी परेको छ ।

कार्यदलले दिएको म्याद सकिए पनि उजुरी आउने क्रम रोकिएको छैन । प्रदेशमा सबैभन्दा धेरै उजुरी सर्लाही जिल्लाबाट आएको छ ।

विवरण अनुसार ४ सय ३७ उजुरी सर्लाहीबाट परेको छ भने अन्य जिल्लामा औसत २ सय ५० उजुरी दर्ता भएका छन् । तथ्यांकलाई हेर्दा पनि मिटरब्याजी समस्या विकराल रहेको प्रष्ट भएको छ ।

लिएको ऋणभन्दा फरक कागज लेख्ने लेखनदासलाई पक्रेर ल्याउने गरी स्थानीय तहका जनप्रतिनिधि सक्रिय भएका छन् । वडा र पालिका स्तरबाटै समस्या पहिचान गरेर समाधान गर्ने जनप्रतिनिधिले प्रतिवद्धता जनाएका छन् ।

कार्यदललाई मिटरब्याज अपराधमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन अन्तरनिकाय समन्वय र सहकार्य गर्ने र आगामी दिनमा यस्तो अपराध न्यूनिकरणका लागि उपाय सम्बन्धमा सिफारिससहितको प्रतिवेदन पेश गर्ने कार्यदेश दिइएको छ । कार्यदलले एक महिनाभित्र प्रतिवेदन बुझाउनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *