Main News

नेकपा एसले निर्वाचनका लागि आउँदो २० गतेभित्र उम्मेद्वारको नाम टुङ्गो लगाउने

हिमालय टिभी
२०७९ भदौ १० गते ९:०१
नेकपा एसले निर्वाचनका लागि आउँदो २० गतेभित्र उम्मेद्वारको नाम टुङ्गो लगाउने

१० भदौ २०७९ काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि आउँदो २० गतेभित्र उम्मेद्वारको नाम टुङ्गो लगाउने भएको छ ।

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटीले आजसम्ममा जिल्ला कमिटीसमक्ष सम्भावित उम्मेदवारको नाम सिफारिस गर्ने र त्यसपछि जिल्ला कमिटीले आउँदो आइतबारसम्ममा प्रदेश कमिटीलाई उम्मेदवार सिफारिस गर्ने पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेश कमिटीले भदौ १५ गतेभित्र पार्टीको केन्द्रीय कार्यालयमा नामावली पठाएपछि केन्द्रीय कमिटीले २० गतेभित्र उम्मेदवारको टुङ्गो लगाउने तयारी गरेको हो । पार्टीले अहिलेसम्म करिब सात लाख सदस्यता वितरण गरिसकेको उहाँको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *