Main News

एमाले केन्द्रीय कमिटी बैठक आज शुरू हुँदै

हिमालय टिभी
२०७९ भदौ १० गते ८:०३
एमाले केन्द्रीय कमिटी बैठक आज शुरू हुँदै

१० भदौ २०७९ काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज शुरू हुँदैछ ।

बैठकले पोलिटब्युरोले तय गरेका एजेण्डामाथि छलफल गर्नेछ । यसअघि हिजो बसेको पोलिटब्युरो बैठकले आगामी निर्वाचनको तयारी, निर्वाचनमा उम्मेदवारको छनोटसम्बन्धी मापदण्ड, वर्तमान अवस्था समेटिएको अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन पेश गर्नेलगायतका एजेण्डा तय गरेको थियो ।

त्यस्तै संगठित सदस्यहरूको व्यवस्थापन, परिषद् तथा आयोगको प्रतिवेदन पेश गर्नेलगायतका एजेण्डा पनि तय भएको छ ।

बैठकमा सातवटै प्रदेशका प्रदेश कमिटीका अध्यक्षहरूबाट आ(आफ्ना प्रदेश मातहतका निर्वाचन क्षेत्रको अवस्थासहितको रिर्पोटिङ हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *