Main News

आज देशका पहाडी भू–भागमा वर्षा हुने सम्भावना

हिमालय टिभी
२०७९ भदौ ४ गते ९:३८
आज देशका पहाडी भू–भागमा वर्षा हुने सम्भावना

४ भदौ २०७९ काठमाडौं । आज देशका पहाडी भू–भागमा वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तरतिर र पूर्वतिर सरदर स्थानमा अवस्थित रहेको छ । प्रदेश १ मा सामान्यदेखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ ।

आज बिहानैदेखि प्रदेश १ तथा सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको पनि महाशाखाले बताएको छ ।

आज राति भने देशभर आंशिकदेखि सामान्य बदली रहने तथा बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले देशभर मौसम बदली भइ वर्षा हुने भएकाले सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *