Main News

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि

हिमालय टिभी
२०७९ भदौ ३ गते ७:५९
माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि

३ भदौ २०७९ काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दैछ ।

यसअघि हिजोका लागि तय बैठक नेताहरुको कार्य व्यस्तता र संसद् बैठक लम्बिएका कारण स्थगित भएको थियो । आजको बैठकबाट पदाधिकारी चयन प्रक्रियालाई अन्तिम रूप दिने माओवादी केन्द्रले जनाएको छ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी प्रस्ताव गर्ने बताइएको छ ।

बुधबार बसेको स्थायी कमिटी बैठकका अपूर्ण रहेका केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीमा सदस्यहरू थप्ने विषयमा छलफल भएको थियो । बैठक पार्टी कार्यालय पेरिसडाँडामा बिहान साढे आठ बजे बस्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *