Main News

राष्ट्रपतिबाट फिर्ता नागरिकता विधेयक प्रतिनिधिसभामा प्रस्तुत

हिमालय टिभी
२०७९ साउन ३१ गते १३:२७
राष्ट्रपतिबाट फिर्ता नागरिकता विधेयक प्रतिनिधिसभामा प्रस्तुत

३१ साउन २०७९ काठमाडौं । राष्ट्रपतिबाट संदेशसहित फिर्ता भएको नागरिकता विधेयक प्रतिनिधि सभाको बैठकमा प्रस्तुत भएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा सचिव गोपालनाथ योगीले राष्ट्रपतिबाट प्राप्त विधेयक फिर्ताको सन्देश प्रस्तुत गर्नुभएको थियो ।

राष्ट्रपतिले विधयेकमा पुनर्विचार गर्न भन्दै सदनलाई नै विधेयक फिर्ता पठाउनुभएको थियो ।

संघीय संसदका दुबै सदनबाट पारित भएर सभामुखबाट प्रमाणित भइ प्रमाणिकरणका लागि नागरिकता विधेयक राष्ट्रपति समक्ष पेश गरिएको थियो ।

संविधानको धारा ११३ को उपधारा ३ बमोजिम सन्देशसहित राष्ट्रपतिले प्रतिनिधिसभामा फिर्ता पठाउनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *