Main News
स्थानीय तहका जनप्रतिनिधिहरूलाई कांग्रेसले अभिमुखीकरण दिँदै
२०७९ साउन ३० गते ८:५२
३० साउन २०७९ काठमाडौं । नेपाली कांग्रेसले आफ्नो पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूलाई आजबाट अभिमुखीकरण दिने भएको छ ।
कांग्रेसले पार्टीको तर्फबाट निर्वाचित देशभरका पालिकाका प्रमुख÷उप्रमुख, गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्ष र जिल्ला समन्वय समितिका प्रमुख र उप्रमुखका लागि अभिमुखीकरण गर्न लागेको हो ।
आज र भोलि दुई दिनसम्म ललितपुरको सानेपास्थित एक होटलमा अभिमुखीकरण कार्यक्रम सञ्चालन हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो ।
उहाँका अनुसार आउँदो मङ्सिरमा तय प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनलाई समेत लक्षित गर्दै स्थानीय तहका जनप्रतिनिधिलाई अभिमुखीकरण गर्न लागेको हो । कार्यक्रममा ७ सयभन्दा बढी जनप्रतिनिधिहरूको सहभागिता रहने पनि उहाँले बताउनुभयो ।
प्रतिक्रिया