Main News

आज देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

हिमालय टिभी
२०७९ साउन २९ गते ८:५४
आज देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

२९ साउन २०७९ काठमाडौं । आज देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् मन्जु बासीले आज देशका विभिन्न ठाउँमा पानी पर्दै रोकिने जानकारी दिनुभयो । उहाँका अनुसार सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भने मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ ।

भोलि दिउँसोबाट भने पानी पर्न कम भएर मौसम खुल्दै जाने पनि उहाँले बताउनुभयो । आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

प्रदेश १, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै भोलि दिउँसो देशभर आंशिकदेखि सामान्य बदली भई बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *