Main News

रुकुमपूर्वमा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु, पाँच जना घाइते

हिमालय टिभी
२०७९ साउन २८ गते १७:०३
रुकुमपूर्वमा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु, पाँच जना घाइते

२८ साउन २०७९ रुकुम (पूर्व) । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका –११ मा जीप दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु भएको छ ।

दुर्घटनामा २ जना प्रहरी नायब उपरीक्षकसहित ५ जना घाइते भएका छन् ।

लु १ झ ६६० नम्बरको जीप सडकबाट खस्दा प्रहरी जवान लक्ष्मण पुनको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा रुकुमपूर्वका प्रहरी प्रमुख नायब उपरीक्षक प्रकाश डाँगी, सशस्त्र प्रहरी बल रुकुमपूर्वका प्रमुख नायब उपरीक्षक रविन श्रेष्ठ, प्रहरी हवल्दार कुमार डाँगी, प्रहरी जवानहरु लक्ष्मण घर्ती र सन्तोष बुढा घाइते भएका छन् ।

घाइतेहरुलाई थप उपचारको लागि हेलिकप्टर मार्फत् बाँकेको कोहलपुर लगिएको रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले जानकारी दिनुभयो । जीप सडकबाट करिब ८० मिटर तल खसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *