Main News

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

हिमालय टिभी
२०७९ साउन २८ गते ९:१९
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

२८ साउन २०७९ काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

बैठक आज बिहान ९ बजेका लागि बोलाइएको हो । बैठकमा सत्ता गठबन्धनभित्र चुनावी तालमेल तथा भागबण्डाका लागि बनाइएको कार्यदलमा पार्टीको अडान र दृष्टिकोणका विषयमा स्पष्ट पार्न छलफल हुने सहमहामन्त्री जीवन परियारले बताउनुभयो ।

कांग्रेसले सत्ता गठबन्धनबीच तालमेल हुँदा १ सय सिट पाउनुपर्ने अडान लिँदै आएको छ । तर, गठबन्धनभित्र दलहरूले आफ्नोतर्फबाट दावी प्रस्तुत गर्दैगर्दा कांग्रेसको आधिकारिक अडान र दृष्टिकोणका विषयमा थप स्पष्ट गरिने उहाँको भनाइ छ ।

कार्यदलको बैठकमा पार्टीको हाल संसदमा कायम रहेको शक्ति, स्थानीय निर्वाचनमा प्राप्त गरेको मत तथा वर्तमान परिस्थितिको आधारमा सिट बाँडफाँट गर्ने सैद्धान्तिक सहमति भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *