Main News

सिट बाँडफाँटको मोडालिटी तयार गर्न कार्यदलको बैठक बस्दै

हिमालय टिभी
२०७९ साउन २३ गते ८:३७
सिट बाँडफाँटको मोडालिटी तयार गर्न कार्यदलको बैठक बस्दै

२३ साउन २०७९ काठमाडौं । प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा सिट बाँडफाँटका लागि सत्तागठबन्धनले बनाएको कार्यदलको पहिलो बैठक आज बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो । बैठकमा सिट बाँडफाँटको मोडालिटीबारे छलफल हुने बताइएको छ । सत्ता गठबन्धनका पाँच दलले बनाएको ११ सदस्यीय समिति कार्यदलले साउन महिनाभित्र सिट बाँडफाँटको मोडल प्रस्ताव गर्ने समयसीमा पाएको छ।

यही साउन २० गते बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले आसन्न निर्वाचनमा तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।

कार्यदलमा नेपाली कांग्रेसबाट ४,माओवादी केन्द्रबाट २,नेकपा एकीकृत समाजवादीबाट २,जनता समाजवादी पार्टीबाट २ र राष्ट्रिय जनमोर्चाबाट २ जना सदस्य रहेका छन् । कार्यदलमा कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् ।

त्यस्तै,माओवादीबाट वर्षमान पुन र जर्नादन शर्मा,नेकपा एकीकृत समाजवादीबाट प्रमेश हमाल र बेदुराम भुसाल,जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *