Main News
आज पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना
२०७९ साउन १५ गते ८:५६
१५ साउन २०७९ काठमाडौं । आज पनि देशका विभिन्न स्थानमा पानी पर्ने मौसमविद्ले बताएका छन् ।
आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भने भारी वर्षाको सम्भावना छ । यस्तै आज राति देशका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १ र मधेस प्रदेशका एकदुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रतिक्रिया