Main News

नेपालमा बाघको संख्या ३ सय ५५ पुग्यो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन १३ गते १३:४५
नेपालमा बाघको संख्या ३ सय ५५ पुग्यो (भिडियो रिपोर्टसहित)

१३ साउन २०७९ काठमाडौं । नेपालमा बाघको संख्या ३५५ पुगेको छ । विश्व बाघ दिवसको अवसर पारेर सार्वजनिक तथ्याङ्कअनुसार पछिल्लो ४ वर्षमा १२० थपिएका छन् ।

सन् २०१८ मा नेपालमा २३५ बाघ थिए । सबभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा बाघ छन् भने बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ वटा छन् । पर्सामा ४१, शुक्लाफाँटामा ३६ र बाँकेमा २५ वटा बाघ छन् ।

विश्व बाघ दिवसका अवसरमा आज राष्ट्रिय बाघ सर्वेक्षणको नतिजा सार्वजनिक गरिएको हो । हरेक वर्षको जुलाई २९ तारिखमा विश्वभर बाघ दिवस मनाइन्छ। यद्यपि विश्वका बाघ पाइने १३ मुलुकमा मात्र यो दिवस मनाइन्छ। ‘स्वच्छ पारिस्थितिक प्रणालीका लागि बाघ संरक्षण’ नारासहित विश्व बाघ दिवस मनाइरहँदा नेपालले अन्तर्राष्ट्रिय समुदायमाझ १२ वर्षअघि राखेको लक्ष्य पूरा भएको सरकारको दाबी छ।

सरकारले सन् २०१० देखि ४–४ वर्षमा राष्ट्रिय बाघ सर्वेक्षणको रिर्पोट सार्वजनिक गर्दै आएको छ। सन् २०१० मा बाघ पाइने देशबीच प्रतिबद्धता व्यक्त गर्दा नेपालमा १२१ वटा बाघ थिए । नेपाल विश्वमै बाघ दोब्बर बनाउने मुलुक बनेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ।

सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा बाघ पाइने १३ देशमाझ गरेको बाघको संख्या दोब्बर पार्ने नेपालको लक्ष्य भर्खरै सकिएको गणनाबाट पूरा भएको विभागका महानिर्देशक डा रामचन्द्र कँडेलले जानकारी दिनुभयो ।

चार वर्षअघि सन् २०१८ मा सार्वजनिक गरिएको गणनामा २३५ बाघ थिए। नेपालका चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गरी ५ स्थानमा बाघ पाइन्छ।ब ध्यान केन्द्रित गर्नुपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *