राजनीति

सत्ता टिकाउन नागरिकता विधेयक पारित गरेको महासचिव पोखरेलको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन ८ गते १६:५६
सत्ता टिकाउन नागरिकता विधेयक पारित गरेको महासचिव पोखरेलको आरोप (भिडियो रिपोर्टसहित)

८ साउन २०७९ सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता र गठबन्धन टिकाउन सरकारले नागरिकता विधेयक संसदबाट पारित गरेको दाबी गर्नुभएको छ ।

सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले विगतमा नागरिकता विधेयक रोक्ने काम माओवादी केन्द्रकै तर्फबाट भएको र प्रचण्ड भारतबाट फर्किए लगतै नागरिकता विधेयक पारित गरिनुले शंका पैदा गरेको बताउनुभयो ।

नागरिकता विधेयक पारित गरेपछि असन्तुलन पैदा भएको पोखरेलको भनाइ छ ।

महासचिव पोखरेलले नागरिकता विधेयक विरुद्ध यही साउन १६ गते विरोध प्रदर्शन गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्