Main News

खानेपानी तथा सरसफाइसम्बन्धी ऐन नभएकाले विधेयक ल्याएको दाबी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन २ गते १८:५२
खानेपानी तथा सरसफाइसम्बन्धी ऐन नभएकाले विधेयक ल्याएको दाबी (भिडियो रिपोर्टसहित)

२ साउन २०७९ काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरी खानेपानी तथा सरसफाइसम्बन्धी छुट्टै ऐन नभएकाले विधेयक ल्याउनु परेको बताउनु भएको छ ।

राष्ट्रियसभा बैठकमा मन्त्री चौधरीले हालसम्म ऐन नभएकै कारण सरकारले खानेपानी तथा सरसफाइ विधेयक २०७६’ ल्याउनु परेको बताउनु भएको हो ।

विधेयकमाथिको छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिनेक्रममा उहाँले नेपालको संविधानले खानेपानी र सरसफाइलाई मौलिक हकको रुपमा व्यवस्था गरे पनि कार्यान्वयनका लागि आवश्यक ऐनको व्यवस्था नभएको स्पष्ट पार्नुभयो ।

बैठकमा सांसद डा. विमला राई पौडेलले पानीको संरक्षण र सम्वर्द्धननका लागि स्थानीय तहमा गठित उपभोक्ता समितिहरु नहटाउने प्रावधान विधेयकमा समेट्न सरकारसँग माग गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *