Main News

सडक बालबालिकाको मृगौला भारत लगेर बेच्ने गिरोहका पाँच जना पक्राउ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन १ गते १४:४०
सडक बालबालिकाको मृगौला भारत लगेर बेच्ने गिरोहका पाँच जना पक्राउ (भिडियो रिपोर्टसहित)

१ साउन २०७९ काठमाडौं । प्रहरीले मृगौला बेचबिखनमा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान व्यूरोले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी सडक बालबालिकालाई प्रलोभनमा पारी मृगौला बेचबिखनमा संलग्न रहेको आरोपमा रामेछापका हिमाल श्रेष्ठ भन्ने धनबहादुर रोका, गुल्मीका विजय कुँवर, दैलेखका भूपेन्द्र शाही, विमलबहादुर शाही र झापाका आशिष तामाङलाई पक्राउ गरिएको जानकारी गराएको हो ।

भारतमा गएर मृगौला दान गरेवापत जनही ५ लाख नगद र एउटा नयाँ मोबाइल सेट दिने प्रलोभनमा पारी सडक बालबालिकाहरुलाई भारत लैजाने तयारी भइरहेको सुराकी पाएपछि उनीहरुलाई गत असार २८ गते काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको व्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताउनुभयो ।

पक्राउ परेका उनीहरुलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको पनि व्यूरोले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *