Main News

अर्थमन्त्रालयको सीसीटीभी फुटेजमै रुमल्लियो संसदीय छानबिन समिति(भिडियो रिपोर्टसहित)

२०७९ असार ३२ गते २०:२४
अर्थमन्त्रालयको सीसीटीभी फुटेजमै रुमल्लियो संसदीय छानबिन समिति(भिडियो रिपोर्टसहित)

३२ असार २०७९ काठमाडौं । बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशबारे छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समिति आझै अलमलमा छ । समिति गठन भएको ५ दिन बित्दा समेत संसदीय समिति अर्थमन्त्रालयको सीसीटीभी फुटेज वरिपरि नै रुमल्लिएको छ ।

अर्थ मन्त्रालयको मूल गेटदेखिका सीसीटीभी हेर्दा समेत जेठ १४ गते राति प्रवेश गर्ने अनधिकृत व्यक्तिबारे केही पत्ता लाग्न सकेको छैन ।

सीसीटीभी फुटेज प्रयोगले अनुसन्धानमा ठूलो भूमिका निर्वाह गर्छ । चोरीदेखि दुर्घटनाको अनुसन्धानमा सीसीटीभी बलियो प्रमाण बन्ने गरेको छ । बजेटको दर हेरफेर गर्न अनधिकृत व्यक्तिको प्रवेशलाई लिएर छानबिन गर्न बनेको संसदीय समितिले पनि सीसीटीभी फुटेजको खोजी तीव्र पारेको बताउँदै आएको छ । तर, ११ सदस्यीय संसदीय समितिले ५ दिन बितिसक्दा न फुटेज फेला पारेको छ न त अरु अनुसन्धान नै गर्नै तदारुकता देखाएको छ ।

अर्थ मन्त्रालयको मूल गेटदेखि भित्रसम्म रहेको अधिकांश सीसीटीभीको हार्डडिक्स अध्ययन गरिरहेको समितिले अनुसन्धानको दायरा बढाउन सकेको छैन । समिति गठनको १० दिनमा प्रतिवेदन बुझाउनुपर्ने भएपनि जेठ १४ गते मध्यरातमा अर्थमन्त्रालयमा भएको प्रमाण केही पाएको छैन । संसदीय छानबिन विशेष समितिले अर्थ मन्त्रालयदेखि मूल ढोकासम्मका सीसीटीभीका फुटेजबाट केही नभेटिएपछि सिंहदरबारको गेटदेखिका सीसीटीभीतर्फ अध्ययन गर्नुपर्ने आवाज उठेको छ ।

५ दिनमा कार्यविधि बनाउनेदेखि बजेट निर्माण प्रक्रिया जोडिएका राजश्व विभाग र भन्सार विभागका महानिर्देशक, अर्थ मन्त्रालयका बजेट महाशाखाका प्रमुख, प्रशासन शाखाका प्रमुख र राजश्व शाखाको प्रमुखदेखि राजश्व सचिव, अर्थसचिवबाट समेत समितिले कुनै क्लु पत्ता लगाउन सकेको छैन ।

विशेष समिति बन्नुभन्दा अघि उपभोक्ता अधिकारवादी संस्थाले अर्थमन्त्रालयमा जेठ १४ गतेको सीसीटीभी रेकर्ड माग्दा १३ दिनसम्म मात्र रहने र त्यसपछि क्रमशः मेटिँदै जाने जवाफ दिइको थियो । अहिले मन्त्रालयको पुरै हार्डडिक्स दिँदा पनि जेठ १४ को दृश्य समितिले अहिलेसम्म देख्न पाएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *