Main News
हतियार खरिदबारे एमालेद्वारा प्रधानमन्त्री देउवासँग जवाफ माग (भिडियो रिपोर्टसहित)
२०७९ असार ३१ गते १७:५८
![हतियार खरिदबारे एमालेद्वारा प्रधानमन्त्री देउवासँग जवाफ माग (भिडियो रिपोर्टसहित)](https://www.himalayatv.com/wp-content/uploads/2022/07/pabitra-niraula.jpg)
३१ असार २०७९ काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले हतियार खरिदबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग जवाफ मागेको छ ।
प्रतिनिधिसभा बैठक आज एमाले सांसद पवित्रा निरौला खरेलले हतियार खरिदका लागि सरकारले ठूलो रकम छुट्टयाएकोबारे संसदलाई तत्काल जानकारी गराउन माग गर्नुभयो ।
सांसद खरेलले धानबाली लगाउने बेलामा सरकारले किसानलाई धानको बीउसमेत उपलव्ध गराउन नसकेको गुनासो पनि गर्नुभयो ।
प्रतिक्रिया