Main News

आज धेरै ठाउँमा पानी पर्ने, कतैकतै भारी वर्षाको सम्भावना

हिमालय टिभी
२०७९ असार २९ गते १०:००
आज धेरै ठाउँमा पानी पर्ने, कतैकतै भारी वर्षाको सम्भावना

२९ असार २०७९ काठमाडौं । आज देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुँदा केही प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मनसुनी वायुको प्रभावले आज प्रदेश १ र बाग्मती प्रदेशको पहाडी भूभाग लगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरुमा र बाँकी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पानी परेसँगै भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *