जसपाको बाबुराम पक्षीय केन्द्रीय समितिको विस्तारित बैठक काठमाडौंमा शुरु
२८ असार २०७९ काठमाडौं । विभाजनको डिलमा पुगेको जनता समाजवादी पार्टी नेपाल (जसपा)को बाबुराम भट्टराई पक्षको केन्द्रीय समितिको विस्तारित बैठक शुरु भएको छ ।
जडिबुटीस्थित एक पार्टी प्यालेसमा शुरु भएको बैठकमा जसपाका संघीय परिषद् अध्यक्ष डा भट्टराईले समसामयिक राजनीतिक तथा पार्टीको विषयवस्तु समेटेर कार्यपत्र प्रस्तुत गर्नु भएको छ ।
ती कार्यपत्रमा दुई दिनसम्म छलफल हुनेछ । जसपामा आन्तरिक विवाद उत्कर्षमा छ । अध्यक्ष उपेन्द्र यादव पक्षको केन्द्रीय समिति बैठक भोलि वीरगञ्जमा बस्दैछ ।
त्यसको तयारीका लागि यादव पक्षले केन्द्रीय कार्यकारिणी समितिको बैठक वीरगञ्जस्थित एक होटलमा बोलाएको छ । पार्टी एक रहने कि विभाजन हुने विषयमा यी दुई बैठकले तय गर्ने बताइएको छ ।
विभाजनको विपक्षमा रहेका र दुबै पक्षलाई मिलाउने अभियानमा लागेका नेताहरु भने दुवै बैठकमा नजाने भएका छन् ।
प्रतिक्रिया