Main News

संसद बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

हिमालय टिभी
२०७९ असार २७ गते ८:५३
संसद बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

२७ असार २०७९ काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा प्रहरी, रेल्वे, औषधि र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थासँग सम्बन्धित विधेयक प्रस्तुत गर्ने कार्यसूची छ ।

गृहमन्त्री बालकृष्ण खाणले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन विधेयक, २०७९ माथि छलफल गरियोस् भनी प्रस्ताव गर्नुहुनेछ ।

यो विधेयक आजै पारित गर्ने सम्भावित कार्यसूची छ । यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभामा उत्पत्ति भएको “रेल्वे विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव गर्नुहुनेछ । यो प्रस्ताव पनि आजै पारित गर्ने तयारी छ ।

आजकै बैठकमा स्वास्थ्य मन्त्री भवानी प्रसाद खापुङ्गले राष्ट्रिय सभामा उत्पत्ति भएको “औषधि (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । यो विधेयक पनि आजै पारित गर्ने तयारी छ ।

यस्तै राष्ट्रिय सभामा उत्पत्ति भएको “स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि पनि दफावार छलफल गरि आजै पारित गर्ने तयारी भएको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *